IME Life New

हिमालयन लाइफले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिकक साधारणसभा आउँदो फागुन ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७९।८०का लागि प्रस्तावित चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८६ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गर्नेछ। बोनस शेयरमा लाग्ने कर भने स्वयं शेयरधनीहरुले नै तिर्नुपर्ने विशेषा प्रस्ताव पनि सभाले पारित गर्नेछ।

बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको भिन्न अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत रुपमा राख्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। जुन जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै हुनेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै सोही वर्ष हिमालयन लाइफमा मर्ज भएको साविक गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को (मर्जअघिसम्मको) लेखापरीक्षक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ।

लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS