IME Life New

हिमालयन लाइफद्वारा १० लाख १९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड खैरेनी शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको छ। कम्पनीले रामग्राम नगरपालिका वडा नं १६ हकुई निवासी स्वर्गिय नरेन्द्र चौधरीको परिवारलाई बीमा वापत १० लाख १९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

कम्पनीका खैरेनी शाखाका प्रमुख दिनेश चौधरी र रामग्राम नगरपालिकाका उप प्रमुख सम्झना चौधरीले संयुक्त रुपमा नरेन्द्र चौधरीको परिवारलाई हस्तान्तरण गरेको हो। दुर्घटनाका कारण मृत्यु भएका नरेन्द्र चौधरीले खैरेनी शाखाबाट पाँच लाखको बीमा गराएका थिए । उनले पहिलो बर्षको किस्ता बापत रु २६७६४ रुपैयाँ तिरेका थिए ।

Esewa
Crest

सो अवसरमा बोल्दै उप प्रमुख चौधरीले फजुल खर्च घटाइ बीमामा बचत गर्नु उपयुक्त हुने बताए । उनले आफु र आफ्नो परिवारको लागि बीमा गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा रामग्राम वडा नं १६ का वडा अध्यक्ष विजय कुमार यादव, एम डि आर टि तथा सिनियर एजेन्सी म्यानेजर राम बहादुर थारु लगायतले आआफ्नो भनाई राख्नु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS