IME Life New

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड दुलेगौंडा शाखाले स्याङ्जा हरिनास १, सालडाँडा हटिया निवासी स्व. हेम नारायण मानन्धरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दाबी भुक्तानी वापत चार लाख १४ हजार ४ सय रुपैयाँको चेक स्व. हेम नारायणकी धर्मपत्नी देउ कुमारी मानन्धरलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले दुलेगौंडा कार्यलयमा उपस्थित एजेन्सी म्यानेजर सोम प्रसाद श्रेष्ठ, एमडीआरटी क्षेत्र बहादुर थापा तथा अन्य विभिन्न बीमा अभियन्ताहरूबीच
आयोजित एक कार्यक्रममा कम्पनीका शाखा प्रबन्धक ओमकार नागीलाले उक्त रकमको चेक हस्तानतरण गरेका हुन् ।

Esewa
Crest

उनले प्राप्त रकम १ छोरा बुहारी नातिको शिक्षादिक्षा साथै पालनपोषणमा सदुपयोग गर्न आग्रह गरे । स्व.मानन्धर २०८१ असार १० गते कालगतिका कारण मृत्यु भएको हो । केही समयअघि मात्र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीमा साबधिक बीमा गरेका थिए ।

बीमा रकम ग्रहण गर्दै स्व. मानन्धरकी धर्मपत्नी देउ कुमारी मानन्धरले बीमा कम्पनीले प्रदान गरेको दाबी रकम आफु र आफ्नो परिवारको बाच्ने साहारा भएको बताउँदै सरल तवरबाट बीमा रकम प्रदान गरेकोमा कम्पनी प्रति आभार प्रकट गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS