IME Life New

हिमालयन लाइफको ‘हिमालयन राइजिङ अवार्ड’ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले हिमालयन राइजिङ अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको मेची रिजनले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी ११८ जना बीमा व्यवसायीलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा मेची रिजन न्तर्गतका विभिन्न १५ शाखामा काम गर्ने एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, एमडीआरटी तथा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजरहरूलाई सम्मान गरेको हो ।

Esewa
Crest

कार्यक्रममा बोल्दै सिनियर एजेन्सी म्यानेजर तथा एमडीआरटी खिबराज दाहालले बीमा अभिकर्ता पेसा आफैँमा सम्मानित तथा आकर्षक पेसा बन्दै गइरहेको बताए ।

कार्यक्रममा एमडीआरटी गीता पौडेलले आफू लगायतका आफ्ना टिम सहित बिभिन्न लिडरहरूको बर्ष भरीको मेहनतलाई सम्मानको रुपमा ग्रहण गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रुपमा अगि बढ़ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तालिम विभाग प्रमुख हर्क बहादुर बुढाथोकीले बीमाको महत्व र आवश्यकताको बारेमा जानकारी दिए । साथै उनले बीमा बजारमा जाँदा आउने विभिन्न समस्यालाई समाधान गरी अभिकर्ताले राम्रोसँग काम गर्नुपर्ने बताए । दीर्घकाल सम्म आफूलाई स्थापित हुने गरि बीमाका मूल्य र मान्यतालाई स्थपित गर्दै, एक मर्यादित पेसा बनाई अगाडी बड्न प्रेरित गर्दै सम्मानित हिमालयन राइजिङ लिडरहरूमा हार्दिक बधाई सहित आगामी दिनमा माथिल्लो सफलता हासिल गर्न प्रेरित गरे

कम्पनीका काकरभिट्टा शाखा प्रमुख रमेश तिम्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारीले गरेका थिए । कार्यक्रममा इलाम, फिक्कल बुद्धशान्ति, धुलावारी, सुरुङ्गा, गौरादह, दमक तथा उर्लाबारी शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS