IME Life New

हिमालयन लाइफको बिराटनगर शाखाले सम्पन्न गर्यो बीमा सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको विराटनगर शाखालेफागुन १३ गते आइतवार बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ७७ वटै जिल्लामा बीमा सचेतना कार्यक्रम संचालन गर्ने उद्देश्य राखी झापाको‌ बिर्तामोडबाट शुभारम्भ गरेको कम्पनीले‌ प्रत्येक शाखाबाट सम्पुर्ण गाउँपालिका र प्रत्येक वडा -वडामा बीमा सचेतना कार्यक्रम आयोजना गर्दै जाने बताएको छ ।

कम्पनीले सबैमा बीमा सचेतना फैलाउने उदेश्यले‌ मोरङको जहादा गाउँपालिकाको बडा नम्बर ६/७ को बीच भाग पर्ने ठेकिटोल , पोखरीया विराटनगर शाखाबाट घर दैलो अभियान राखी कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा स्थानीय जहादा गाउँवालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिवनारायण मन्डलले हिजोआज प्रत्येक घरमा बीमा हुन आवश्यक छ । बीमाले आज भोलि छोरारछोरीको काम गर्छ, छोराछोरीले बाबुलाई गर्ने लालन पोषण ,उपचार गर्न साथै बृद्र अवस्थामा दुध माम खान सहयोग गर्दछ त्यहि भएर एक घर एक बीमा हुनु आवश्यक छ भन्ने भनाइ राखेका थिए ।

शाखाले बीमाको क्षेत्रगत दायरा बढाउनका लागि र सबैमाझ बीमा सम्बन्धी जनचेतना बृद्धि गर्ते उद्देश्यका साथ प्रत्येक महिनाको २ वटा बिभिन्न ग्रामीण भेगमा बीमा सचेतना सम्बन्धी कार्यक्रम गर्ने योजना बनाएको शाखा प्रमुख सन्तोष आचार्यले जानकारी गराए ।

उक्त कार्यक्रममा स्थानीय क्षेत्रमा रहि बीमा बिशेषशज्ञको रुपमा काम गरिरहेका कम्पनीका एजेन्सी म्यानेजर आरति देवी मन्डल, रुपे मरन्णी , पुनम मन्डल, प्रमोद मन्डल ,कन्चन मन्डल, बिष्णु दयाल मन्डल लगायत एजेन्सीहरुको समेत बाक्लो उपस्थिति थियो।

त्यस्तै उक्त कार्यक्रममा, प्रदेश प्रमुख भुपराज पराजुली, उपप्रदेश प्रमुख सुरेन्द्र कर्ण तथा शाखा प्रमुख सन्तोष आचार्यको पनि उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS