IME Life New

प्रस्तावकको मृत्युपछि रिलायबल नेपाल लाइफद्वारा आर्थिक सहायता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मेलम्ची शाखाले प्रस्तावकको मृत्यु भएपछि बीमितलाई आर्थिक सहायता प्रदान गरेको छ।
उक्त शाखाले प्रस्तावक स्वर्गीय मिङ्मार लामाको मृत्यु भयपछी उनको छोरा निमा ग्याल्बु लामालाई बीमाशुल्क छुट सुबिधा र मासिक आय सुबिधा प्रदान गर्ने भएको हो ।

स्वर्गीय मिङ्मार लामाले छोरा निमा ग्याल्बु लामाको २०७९ सालमा ५ लाख बीमाङकको १२ वर्षे अबधि राखेर रिलायबल बाल सुलभ जीवन बीमा गरिदिएका थिए । स्वर्गीय मिङ्मारको स्वर्गारोहण पश्चात बीमित निमा ग्याल्मु लामाले कम्पनीबाट पढ्नको लागि मासिक ५ हजारका दरले वार्षिक ६० हजार रुपैयाँ जम्मा ५ लाख ४० हजार र वार्षिक रुपमा तिर्दै आएको किस्ता ४३ हजार ९६० रुपैयाँछुट हुने भएको छ ।

Esewa
Crest

प्रत्येक वर्ष तिर्दै आएको रकम अब ९ बर्ष सम्म छुट पाउँछन् । सो रकम भनेको ३ लाख ९५ हजार ६४० हुन्छ । अब बीमा अबधि समाप्ति पछि बीमितले ५ लाख बीमाङ्क रकम र बोनस एकमुष्ठ पाउने कम्पनीले जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मेलम्ची शाखाले एक कार्यक्रम गरि उनको परिवारलाई सहानुभूति व्यक्त गर्दै सो सुबिधा उपलब्ध गराएको हो ।

उक्त कार्यक्रममा हेलम्बु १ का वडा सदस्य पासाङ शेर्पा, मेलम्ची शाखाका शाखा प्रबन्धक बलराम लामिछाने र एमडीआरटी द्वय छिनदोर्जे लामा र लाक्पा ग्याल्जेन शेर्पाको उपस्थित रहेको थियो ।

बीमा आफू रहदा र आफू नरहदा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा हुने भएकोले सबैले बीमा को बारे बुझ्ेर बीमा गर्नुपर्ने शाखाका शाखा प्रबन्धक लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS