IME Life New

सूर्य ज्योति लाइफ स्थापनाको १६ वर्ष पुरा, अझै गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी सूर्य ज्योति लाइफ इन्स्योरेन्स १७ औं वर्षमा प्रवेश गरेको छ। २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको साबिक सूर्य लाइफ इन्स्योरेन्स अहिले ज्योति लाइफ इन्स्योरेन्सलाई गाभिएर सूर्य ज्योति लाइफ इन्स्योरेन्समा रुपान्तर भएको हो ।

वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको सफलताको यात्रामा साथ दिने बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक, नियमनकारी, व्यवसायीक साझेदार, सञ्चारकर्मी लगायत शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरेका छन् ।

Esewa
Crest

अध्यक्ष भट्टराईले परिष्कृत बीमालेख, आधुनिक सूचना प्रविधि र ग्राहक मैत्री सेवाको साथमा आगामी दिनमा अझै गुणस्तरिय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

स्थापनाको १६ वर्ष पुरा गरेको यो कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। बीमा कोषमा ३२ अर्ब रुपैयाँ, लगानी ३७ अर्ब ५० करोड, नेटवर्थ ७ अर्ब ५६ करोड रहेको छ। यसैगरी ९६ हजार अभिकर्तामार्फत् कम्पनीले हालसम्म २८ लाख बीमालेख जारी गरेको छ। १७८ शाखामार्फत् देशभर जीवन बीमा सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS