IME Life New

सूर्या लाइफको साउन १६ देखि ७४ हजार कित्ता शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७४ हजार ३८४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यो कम्पनीले गत बैशाख ३१ देखि असार ३ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयरलाई लिलामीबाट बेच्न लागेको हो । कम्पनीले संस्थापक समूहतर्फको ३ हजार २८९ र सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको लिलामी शेयरको न्युनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँमा तोकिएको छ । यसको शेयर आवेदनका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड बबर महल र बिमा कम्पनीको काठमाडौं उपत्यका बाहिरका कार्यालयबाट आवेदन दिन सकिने छ । यो बिमा कम्पनीको प्रति कित्ता शेयर नेप्सेमा पछिल्लो पटक ५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS