IME Life New

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दुई दिने “पहिलो कर्पोरेट मिट २०८०” सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेलको होटल सारथीमा भव्यताका साथ सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा , कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Esewa
Crest

उक्त दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति “गुड टु ग्रेट” विषयवस्तुमा प्रस्ट पार्दै सम्पुर्ण सहभागीहरुलाई वृस्तित रुपमा सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली ,ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धि मार्ग निर्देश गरेका थिए ।

कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बि के रमण नेपालीले सम्पुर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचकहरुमा अव्वल हुदै आइरहेको बताउदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको साथै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ् परिमार्जित गर्दै लैजाने पनि जानकारी गराए ।

साथै कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरुको व्यक्तित्व बिकाश र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिदै जाने र नियामक निकाय बीमा प्राधिकरण बाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा ध्यानकर्षण गराए ।

कार्यक्रकममा सहभागी कर्मचारीहरुले दैनिक कार्यतालिकाबाट बाहिर निस्केर यस प्रकारको कार्यक्रममा सहभागी हुन पाउँदा उत्साहित रहेको र आफुलाई थप जोशजाँगर तथा आत्माविश्वास बढेको धारणा व्यक्त गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS