IME Life New

सूर्यज्योति लाइफले मनायो १६ औँ वार्षिकोत्सव, अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको १ वर्ष पूरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औँ वार्षिकोत्सव मनाएको छ। १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवाप्रदान गरी आफूलाई एक सबल कम्पनीका रुपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पुस ७ गते आफ्नो संयुक्त कारोबार सूरु गरेको थियो।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण शुभचिन्तकका साथै अटुट सम्बन्ध राख्ने ग्राहक, अविरल साथ दिने अभिकर्ता, अहोरात्र खट्ने कर्मचारी, हौसला प्रदान गर्ने शेयरधनी, सदैव सत्मार्ग देखाउने सञ्चालक समिति, मार्गनिर्देश गर्ने नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरुलगायत सम्पूर्ण सञ्चारकर्मीमा कृतज्ञता व्यक्त गरे। आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता उनले जाहेर गरे।

Esewa
Crest

यही अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पूर्ण सरोकारवालालगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरुप्रति कृतज्ञता ज्ञापन गरे।

कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्किँदै आएको र सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध रु. ५० लाखसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ। नेपालको एकमात्र तथा पहिलो आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्सको हाल चुक्तापुँजी रु. ४५४ करोड, जीवन बीमाकोष रु. ३२०० करोड, कुल लगानी रु. ३७५० करोड रहेको छ भने नेटवर्थ रु. ७५६ करोड रहेको छ। कम्पनीले हाल १७८ शाखामार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसँग आबद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ।

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागिसमेत गरी २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS