IME Life New

सूर्यज्योति लाइफको १.४२ करोड बढी कित्ता शेयरको लकइन अवधि आज सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ४२ लाख बढी कित्ता शेयरको लकइन अवधि आज चैत २० गते सकिने भएको छ।

साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको शेयर, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारी गरी कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५ कित्ता शेयरको लकइन अवधि आज सकिने भएको हो। जसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ।

Esewa
Crest

साविकको ज्योति लाइफ र सूर्या लाइफ एक–आपसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो। सूर्या लाइफसँग मर्जरमा जानुअघि नै साविकको ज्योति लाइफले तीन वर्षपहिले सर्वसाधारणलाई आइपीओ ल्याएको थियो।

कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखासम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने शेयर रोक्का नै रहने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS