IME Life New

सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरु मध्ये ८०/८१ को वार्षिक साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ ।  सभा विराटनगरको बिग होटलमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७।४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले उक्त आर्थिक वर्षमा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चको अनुमोदन गरेको छ ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायतको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति पारित गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै, सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ।

सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ। कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता गरे ।

साधारणसभाका दौरान, शेयरधनीहरूले कम्पनीप्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए। सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएका छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS