IME Life New

सूर्यज्योति लाइफको लम्की शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कैलालीको लम्की शाखामा अभिकर्ता पुनर्ताजगी तथा नयाँ बीमा योजना(सहि प्लान) को अनावरण गरि तालिम सम्पन्न गरेको छ । तराई क्षेत्रका क्षेत्रीय प्रमुख रबिन्द्र हमालको सभापतित्व तथा बौनिया शाखाका शाखा प्रमुख शिवनाथ बिस्वकर्माको प्रमुख अतिथ्यतामा संचालन भएको कार्यक्रमको उद्घोषण लम्की शाखाका शाखा प्रमुख सुरेश जैशिले गरेका थिए ।

वरिष्ठ एजेन्सि म्यानेजर सबिता महत, भरत कुमार कामी तथा दुर्गा कुमारी भट्टको अतिथ्यतामा सन्चालन भएको कार्यक्रममा सुर्यज्योती लाइफले ल्याएको नयाँ बीमा योजना सहि प्लानको पनि अनावरण गरिएको थियो ।

Esewa
Crest

कार्यक्रममा नयाँ बीमा योजनाका बारेमा बोल्दै क्षेत्रिय प्रमुख रबिन्द्र हमालले कम्पनीले नयाँ बीमा योजना कम प्रीमियममा ठुलो प्लान, ७० बर्षको उमेरमा सम्पुर्ण प्रीमियम फिर्ता तथा सिमित भुक्तानीमा असीमित कभरेज रहेको यो योजनाले बास्तवमै सहि बीमा योजना महसुस हुने गरि कम्पनीले ल्याएको बताएका थिए ।

कार्यक्रममा चालू आर्थिक बर्षमा ब्यक्तिगत तथा समुहगत बिधा तर्फ उत्कृष्ट ब्यवसाय गर्ने एजेन्सी मेनेजर र उत्कृष्ट अभिकर्ता हरूलाई सम्मान गरिएको थियो । सूर्यज्योती लाईफ इन्स्योरेन्स लम्कि शाखा बिगत ९ बर्ष देखि ब्यबसाय संचालन गर्दै दुर दराज सम्म बीमाको पहुच पुर्याइरहेको र आउदा दिन हरूमा अझ बढि महत्व का साथ बिमा सेवा बिस्तार गर्ने रणनीति लिएको क्षेत्रीय प्रमुख रबिन्द्र हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS