IME Life New

सुर्यज्योति लाइफ इन्स्योरेन्सको भोलिको लागि एक्चुअरी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल बीमा प्राधिकरण तथा एक्चुरियल सोसाइटी अफ नेपालको उपस्थितिमा एक्चुअरी फर टुमरो (भोलिको लागि एक्चुअरी) कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पुल्चोक स्थित एलिस रेस्टुरेन्टमा बीमा कम्पनीहरुको एक्चुरियल कार्य सम्बन्धी एक दिनको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरुलाई बीमाङ्की तथा अन्य बीमा सम्बन्धी प्रावधिक कार्यहरु अन्तर्गतका प्रस्तुति तथा छलफल गरिएको थियो ।

Esewa
Crest

नेपालको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको एक्चुरियल भ्यालुएसन, बीमालेख तयार गर्न जस्ता अन्य प्राविधिक कार्यहरु गर्नको लागि कम्पनी भित्रनै एक्चुरी सम्बन्धी अध्ययन गरेको कर्मचारीहरु भएमा प्रभावकारी हुने र भोलिको दिनमा रिक्स वेस क्यापिटल आइएफआरइस १७ जस्ता अन्य कार्यक्रमहरु कम्पनीमा संचालन गर्नको लागि एक्चुिरयल सम्बन्धी कर्मचारीहरु कम्पनी भित्रै हुनु आवश्यक रहेको कुरामा जोड दिए ।

सो कार्यक्रममा हसन वोद्रिनो स्कटद्वारा आफ्नो छोटो प्रस्तुती राख्नु भएको थियो जसमा अन्तराट्रिय बीमा कम्पनीहरुमा एक्चुरियल सम्बन्धी गरिने कार्यहरु सम्बन्धी ज्ञान दिनुको साथै अन्य मुलुकहरुमा रिक्स वेस क्यापिटल आइएफआरइस १७ जस्ता कार्यक्रमहरु कार्यन्वयन गर्दा देखिएको चुनौतिहरु तथा अनुभवको बारेमा जानकारी दिए । सो कार्यक्रमको विशेष अतिथिको रुपमा बीमा प्राधिकरणका निर्देशक पुजन ढुगेल, सुसिल सुवेदी र बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाको उपस्थिति थियो ।

सो अवसरमा कम्पनीका कार्यकारी प्रमुखद्वारा नेपालमानै एक्चुरीहरुको विकास भएमा मात्रै बीमा क्षेत्रको विकाश हुने र सोे विकाशको लागि कम्पनीबाट सक्दो सहयोगछ गरिने भनि आफ्नो भनाई राख्नु भयो । बीमा प्राधिकरणका निर्देशक सुसिल सुवेदीद्वारा नेपालमा एक्चुरीहरुको अभाव रहेको, नेपालमानै एक्चुरी सम्बन्धी पढाइ तथा अभ्यासमा अझ मिहेनत गरिएमा नेपालमानै एक्चुरीहरुको उत्पादन तथा विकाश गर्न सकिने र नेपलमानै यस पेशाको आकर्षण बढ्दै जानेमा आफु विश्वस्त रहेको भनि आफ्ने भनाई राखे ।

यसै सन्दर्भमा प्राधिकरणका निर्देशक पुजन ढुगेलद्वारा नेपाल भित्रनै एक्चुरीहरुको उत्पादा तथा करियर विकाशको लागि बीमा प्राधिकरणबाट आवश्यक सहयोगको लागि तयार रहेको भनि आफ्ने भनाई राखिन् ।

बीमा प्राधिकरणको बीमाङ्की प्रेक्षा माथेमाद्वारा यस कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको कुरा व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनको लागि सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा कम्पनीको एक्चुरि हसन वोद्रिनो स्कटालाई धन्यबाद व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS