IME Life New

सुर्यज्योती लाइफद्वारा १४ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको इलाम शाखाले इलाम सुर्योदय वडा नम्बर ५ समाल्बुङ्ग निवासी मृतक बर्षात लिम्बुको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले लिम्बुको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतक बर्षात लिम्बुको बुवा चन्द्र बहादुर लिम्बुलाइ उक्त दाबी वापतको चेक हस्तान्त्रण गरेको हो। मृतक लिम्बुले कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए ।

Esewa
Crest

चेक हस्तान्तरण कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाका शाखा प्रमुख भिम पौडेल , अपरेशन इन्चार्ज होमनाथ दाहाल, र स्थानीय टोल अदक्ष, स्थानीय वडाका वडासदस्य, स्थानीय बासिन्दा हरु लगायतको बृहत उपस्थिति रहेको थियो।

साथै सुर्यज्योती लाइफ इन्स्योरेन्स इलाम शाखाले उक्त वडामा बिमा सचेतना कार्यक्रम पनि सम्पन्न गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS