IME Life New

सुर्यज्योति लाइफको हेटौंडा शाखाद्वारा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखामा कार्यरत वरिष्ठ एजेन्सी (एमडिआरटी) बुद्धराम श्रेष्ठ, वरिष्ठ एजेन्सी म्यानेजर ङाजि लाल लामा र वरिष्ठ एजेन्सी म्यानेजर संघर्ष गुरुङ्ग) को संयुक्त सहकार्यमा हेटौंडा बजारमा रहेका बिभिन्न वरिष्ठ डाक्टरहरु लगायत अग्रज व्यवसायिहरुलाई जीवन बीमाको महत्व र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमा योजना र यसले प्रदान गर्ने सुबिधाहरुको बारेमा “जीवन बीमा अभिमुखिकरण कार्यक्रम” सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम हेटौंडा शाखाका शाखा प्रमुखले संचालन गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि नारायणि रिजनका रिजनल म्यानेजर इश्वर बिकल सापकोटा रहेका थिए ।

Esewa
Crest

यस कार्यक्रममा हेटौंडा हस्पिटलका वरिष्ठ सर्जन विशेषज्ञ मे.सु. डा. श्रीधर अर्याल, वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा. रामचन्द्र सापकोटा, डा. सुन्दर कुमार श्रेष्ठ, वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि बहादुर खड्का, वरिष्ट स्त्री रोग विशेषज्ञ डा. बिदुर राजभण्डारी लगायत उल्लेख्य मात्रामा चिकित्सक, स्वास्थ्यकर्मी, व्यपारि तथा बिभिन्न पेशामा रहनुभएका प्रतिष्ठित व्यक्तिहरुकोे उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनिका रिजनल मेनेजर सापकोटाले जीवन बीमाको महत्व तथा कम्पनिका विभिन्न बीमा योजनाहरु र सुविधाहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा उपस्थित मे.सु. डा. अर्यालले ३५ वटा घातक रोगहरु बिरुद्ध उपचार सुविधा प्रदान गर्ने सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनि साच्चिकै आम जनताको बीमा कम्पनि बन्न सकेकोमा खुशी व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS