IME Life New

सिद्धार्थ बैंकले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्दै, कति पाईन्छ ब्याज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र १० वर्षे अवधिको ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

Esewa
Crest

यस ऋणपत्र खरीदका लागि छिटोमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २४ गतेसम्मको मिति तय भएको छ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व समयमानै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ ।

न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने यस ऋणपत्र विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यस ऋणपत्रमा विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS