IME Life New

सिटिजन लाइफ जमल शाखाले गर्यो सीईओसँग डिनर कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ जमल शाखाले गत मंगलबार सीईओसँग डिनर कार्यक्रम सम्पन्न गरेकोछ। गएको चैत १८ गते एकैदिन १०२ पोलिसीको लक्ष्य पूरा गरेको खुसियालीमा कम्पनीका तर्फबाट उक्त मिसनमा सहभागी अभिकर्ताहरुलाई प्रोत्साहन स्वरुप सीईओसँग डिनर कार्यक्रम गरेको थियो।

शाखा प्रबन्धक प्रकाशकुमार श्रेष्ठका अनुसार चैत २ गते मिसनका लागि योजना र रणनीति तयार पारिएको थियो। त्यसैअनुरुप अभिकर्तासँग छलफल तथा परिचालन गरी यो मिसन सफल गरिएको र आगामी दिनमा अझै थप मिसन लिने उनको भनाइ थियो।

Esewa
Crest

मिसन सफल बनाउन मुख्य भूमिका अभिकर्ताको हुने हुँदा संख्या र प्रिमियमका आधारमा आफू र आफ्नो टिमबाट धेरैभन्दा धेरै बीमा राख्ने लिडरहरु क्रमशः प्रदीप मानन्धर, किशोरमान जोशी, अग्र बिष्टलाई सम्मान गरिएको थियो। त्यसैगरी हिरो अफ द मन्थ कृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। शाखाको तर्फबाट उक्त विजेताहरुलाई शाखामा गिफ्ट पनि प्रदान गरिएको थियो।

कार्यक्रममा क्रमशः कार्यकारी प्रमुख, प्रमुख बजार अधिकृत र प्रमुख व्यवसाय अधिकृतको वक्तव्य रहेको थियो भने उक्त कार्यक्रममा तालिम विभाग प्रमुख, शाखा अधिकृत, शाखाका कर्मचारीहरु, सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजरलगायत ४० हाराहारी अभिकर्ताहरुको सहभागिता थियो। बजारको हालको सुस्त अवस्थामा मिसन पूरा हुनुले थप उर्जा मिलेको र झनै ठूलो मिसन लिने हौसला मिलेको सहभागीहरुको भनाइ रहेको छ।

कार्यक्रम बेलुकी ५ बजेदेखि ९ बजेसम्म सामाखुसीको क्वालिटी क्याफेमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS