IME Life New

सिटिजन लाइफ इन्स्योरेन्स र मुक्तिनाथ बिकाश बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स र मुक्तिनाथ बिकाश बैंक बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ, यो सम्झौता संगै मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकका देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने भएको छ ।

मुक्तिनाथ र सिटिजन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएसँगै बैंकका ग्राहकहरुले बैंक मार्फत इन्स्योरेन्सका सबै योजनाहरुको सुविधा पाउने भएका हुन् । सो सम्झौतामा मुक्तिनाथको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंक लि.देशै भरी फैलिएका आफ्ना ८३ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख ७५हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Esewa
Crest

बैंकले ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, भिसा डेविट कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स र मुक्तिनाथ बैंक बीच बैंकास्योरेन्स सम्झौता पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने सिटिजन लाइफ इन्स्योरेन्सको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS