IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सको ४.३४ लाख कित्ता शेयरको लकइन फागुन २७ पछि सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ३४ हजार बढी कित्ता साधारण शेयरको लकइन अवधि आउँदो फागुन २७ गतेपछि सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। कम्पनीले साधारण शेयर (आइपीओ जारी) गर्दा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० रुपैयाँ छुट्याएको थियो। कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ करोड १२ लाख ५० हजार कित्ता बिक्री खुला गरेको थियो।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डको निर्देशनपछि कम्पनीले सामूहिक लगानी कोषलाई छुट्याएकोमध्ये ४ लाख ३४ हजार ९०६ कित्ता शेयर लकइनमा राखेको थियो। सोही शेयरको लकइन अवधि अब फागुन २७ गतेपछि सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS