IME Life New

सिटिजन लाइफद्वारा भूकम्पमा परी ज्यान गुमाएकी उपमेयर सिंहको परिवारलाई दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ बीमा दाबी रकम आज भुक्तानी गरेको हो। नलगाड नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसी, नलगाड नगरपालिकाका मेयर डम्बर रावत, नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी, नल्गाड नगरपालिका–४ का वडाअध्यक्ष बद्री पन्तलगायत सरोकार वालाको सहभागिता रहेको थियो।

Esewa
Crest

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी र जाजरकोट शाखा प्रमुख गोविन्दबहादुर बुढाले प्रमुख अतिथि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जीसीको हातबाट उपमेयर सिंहकी दिदी ताराकुमारी शाहीलाई ५ लाख ४० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्री जीसीले नागरिकको जिउधनको सुरक्षाका लागि बीमा आवश्यक भएको र सबैले आ–आफ्नो आवश्यकताअनुसार बीमा गर्नुपर्ने बताए।

कार्यक्रममा बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख सोडारीले बीमाको पहुँच दूरदराजका बस्तीसम्म पु‍र्याउनपर्ने आवश्यकता औंल्याए। उनले यसका लागि आफूले पनि विभिन्न कार्यक्रम आगाडि बढाएको जानकारी दिए।

कार्यक्रममा कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी कर्णाली प्रदेशका नागरिकको प्राकृति प्रकोप बीमा गरिदिएको दिए। उक्त बीमाबापत भूकम्पमा परी मृत्यु भएका प्रत्येक व्यक्तिलाई २ लाख रुपैयाँका दरले रकम भुक्तानी गरेको छ।

सोही कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतको नेतृत्व र गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् इराकको सहकार्यमा ३८ जना मृतक परिवारलाई २० हजार रुपैयाँ, ६८ जना विस्तापित परिवारलाई १० हजार रुपैयाँका दरले एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले सहयोग रकम प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS