IME Life New

सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापीको लागी आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र, विराटनगरद्वारा विराटनगर महानगरपालिका वोडा नं. ९, भानु टोल स्थीत ज्येष्ठ नागरिकहरुका लागी ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यको लागी एक लाख रुँपैया आर्थीक सहयोग स्वरूप प्रदान गरेको छ ।

नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) द्वारा ज्येष्ठ नागरिकहरुको हक, अधिकार र स्ांरक्षण तथा पुस्तान्तरण गर्ने उधेश्यका साथ ज्येष्ठ नागरिकहरुका लागी सुविधा सम्पन्न ब्रह्मज्ञानी बिश्रामालय सञ्चालनमा रहेको छ । जहाँ ज्येष्ठ नागरिकहरुका लागी विभिन्न सृजनात्मक क्रियाकलापहरु गरिन्छ ।

Esewa
Crest

यस संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सन्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धी तथा भौतिक सहयोगको कार्यक्रमहरु गरिरहेको छ । साथै ज्येष्ठ नागरिकहरु प्रती हुने दुव्र्यव्यवहाँर तथा हिंसा न्युनिकरण गर्ने सरोकार वालाहरुसँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनहरुको प्रभावकारी कार्यन्वयनका लागी विविध कार्यहरु गर्दै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS