IME Life New

सिटिजन लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले घातक रोग बापत ७ लाख ६८ हजार १ सय ९५ रुपैयाँ एक कार्यक्रम गरि उक्त तानसेन ७ कुन्सरे निवासी बिमित खडु प्रसाद बस्याललाई चेक रकम हस्तान्तरण गरेको हो ।

तानसेन ७ कुन्सरे निवासी खडु प्रसाद बस्यालले ३ बर्ष अगाडी सिटिजन लाइफको पाल्पा शाखाबाट बीमा शुल्क ५४ हजार ६ सय ३२ रुपैयाँ रुपैयाँ बार्षिक बुझाउने गरि ८ लाखको सिटिजन शुभारम्भ योजाना बीमा खरिद गरेका बस्याललाई हृदयघात भए पछि उपचार खर्च बापत उक्त घातक रोग दाबी रकम प्रदान गरिएको हो।

Esewa
Crest

शाखा प्रवन्धक विजय कार्कीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत २० घातक रोगहरुको लागी बिना बिल नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले बिमा सेवा प्रदान गरेको बताए ।

बीमित बस्यालले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे । साथै उनले उपस्थित समयमा नै बीमा गर्ने सल्लाहसमेत दिए। कार्यक्रममा बोल्दै बिमितको श्रीमती सरस्वती बस्यालले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताइन ।

कार्यक्रममा बोल्दै सिटिजन लाइफमा कार्यरत एजेन्सी बुद्धि प्रसाद बस्याल, एजेन्सी म्यानेजर रिता देवि पङ्गेनी, एजेन्सी म्यानेजर रिता पाण्डेय, र एजेन्सी म्यानेजर बिनोद कुमार नेपालीले बिमाको महत्त्व बारे प्रकाश पार्दै बिमा अपरिहार्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS