IME Life New

सिटिजन लाइफको ३ दिने ‘सिटिजन एन्युअल बिजनेस रिट्रीट २०८१’ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम ‘सिटिजन एन्युअल बिजनेश रिट्रीट पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरा स्थित होटेल “पोखरा ग्रान्ड” मा सम्पन्न भएको हो । यस कार्यक्रममा देश भरिबाट २५० जनाको सहभागिता रहेको थियो ।

सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा राष्ट्रिय –अन्तराष्ट्रिय प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ । यसै सन्दर्भलाई निरन्तरता दिदै सञ्चालन गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडर्सहरुलाई विभिन्न क्षेत्रहरुमा अझै ज्ञान प्रदान गर्न रहेको हुँदा, कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा अन्तराष्ट्रिय प्रशिक्षक विजय कुमार झाको उपस्थिती रहेको थियो ।

Esewa
Crest

प्रशिक्षक झाले सिटिजन लिडर्स हरुको क्षमता तथा आत्मविश्वास अभिबृद्धिलाई मध्यनजर गर्दै; बिक्री कला विकास, व्यक्तित्व विकास, संचार, पेशा प्रती आत्मविश्वास, व्यक्तिगत प्रस्तुति लगायत एमडीआरटी किन आवश्यक छ जस्ता विभिन्न कुराहरुको प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरुले विविधतामा एकताको भावनालाई झल्काउदै आफ्ना संस्कृतिक पोशाक तथा मौलिक संस्कृतीमा नाच–गान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएका थिए ।

साथै कार्यक्रममा उपस्थित सहभागीहरुलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरु खेलाईएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरुले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।

एन्युअल बिजनेश रिट्रीट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसेडर मदन कृष्ण कृष्णा श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाल लगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरुको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरेका थिए ।

सो कुरालाई मध्यनजर गर्दै, सुचार गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरुको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरु आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा भएको जनाए । यसै कार्यक्रममा सिटिजन अर्निङ पोइन्टको उद्घघाटन पनि गरिएको थियो । आगामी दिनहरूमा पनि यसै प्रकारका विभिन्न तालिम तथा शिक्षामुलक कार्यक्रमहरु सञ्चालन गरिने प्रतिवद्धता जनाउदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS