IME Life New

सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स” सम्पन्न 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिसोर्टमा भब्यताकासाथ सम्पन्न गरिएको थियो ।

लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आवद्ध रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै आउदो समयका लागि आवश्यक व्यापर रणनीतिहरु बारे छलफल गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जना को सहभागिता रहेको थियो ।

कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए । यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिसपर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ ।

कर्मचारीहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS