IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिजनेस अवार्डस नाइट आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल याक एण्ड यतीमा सिटिजन लाइफ बिजनेस अवार्डस नाइट कार्यक्रमआयोजना सम्पन गरेको छ।  उक्त कार्यक्रममा आफ्ना देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई विभिन्न बिधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बास्डर श्री हरिवंश आचार्य र श्री मदनकृष्ण श्रेष्ठ तथा कम्पनीका अध्यक्ष श्री प्रदिपजङ पाण्डेज्यू उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा कम्पनीका उत्कृष्ट पाँचशाखाहरू, उत्कृष्ट एजेन्टहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरेको छ । साथै कार्यक्रममा कम्पनीका सिएमओ श्री कविफुयालले कम्पनीले आगामी दिनहरुका लागि बोकेको लक्ष्यबारे पनि जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि कम्पनीका ब्राण्ड एम्बास्डर श्री हरिवंश आचार्य, श्री मदनकृष्ण श्रेष्ठ, कम्पनीकाअध्यक्ष श्री प्रदिपजङ पाण्डे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राजपौडेलले पनि आ–आफ्नो मन्तव्य प्रस्तुत गरि कर्मचारीको हौसला अझउ जागर गर्नुभयो। ग्राहकवर्गको उज्जवल, सुरक्षित र निश्चिन्तजिवनको परिकल्पना बोक्दै आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्षभरिनै विभिन्न यस्ता कार्यक्रमगर्दै कर्मचारीलाई उत्प्रेरित गर्दै आएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS