IME Life New

सामाजिक उत्तरदायित्व कार्यक्रम गरी रिलायबल नेपाल लाइफले भव्य रुपमा मनायो छैटौं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको  छ । सो उपलक्ष्यमा कम्पनी प्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पु(याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजर ग्रुप ,नियमनकारी निकायहरु, लगनिकर्ताहरु, अहोरात्र काम प्रती समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई कम्पनीले हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

हाल सम्मको उपलब्धीवाट कम्पनीलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको कम्पनीले जनाएको छ । भविष्यमा अझ ठुलो  जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षा कम्पनीले लिएको छ । साथै, स्टेकहोल्डर्स वाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा समेत कम्पनीले लिएको छ । अगाडी दिनमा कम्पनीले सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री बनाई उत्कृष्ठ कारोवार गर्ने प्रतिबद्दता व्यक्त गरेको छ ।

Esewa
Crest

यस अवसरमा कम्पनीले केन्द्रीय कार्यलय,बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न बृद्धआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्य।लयमा स्टेस्नरी सामन वितरण,  वृक्षारोपण  गरी सातै प्रदेश मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी  वार्षिक उत्सव हर्सोउल्लास रुपमा मनाएको छ । यस काममा  कर्मचारी एवं बीमा अभिकर्ता हरुकोको सकृय सहभागिता भएको थियो ।

बार्षिकउत्सवको अवसरमा इलाम शाखाले इलाम नगरपालिका १० स्थीत माई भगवती बृद्ध आश्रममा शाखाका प्रमुख कर्मचारी  लगायत सम्पूर्ण  सिनियर एजेन्सी मेनेजरको उपस्थितिमा एक कर्यक्रमका बिच खाद्यान्न तथा फलफूल बितरण गरि बार्षिक उत्सव सम्पन्न  गरेको छ।उक्त कार्यक्रममा शाखाका प्रमुख घनश्याम अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS