IME Life New

सामसङ नेपालले ल्यायो सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हरेक वर्षजस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना ग्राहकका लागि दसैँलक्षित एक उत्साहजनक अफर ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै सुरु गर्ने भएको छ।

यो अफरअन्तर्गत कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिदमा ग्राहकले हरेक दिन उपहार स्वरुप २ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउनेछन्। जसअनुसार जम्मा २५ दिनमा २५ जना विजेताले उक्त उपहार प्राप्त गर्ने पक्का रहेको छ।यस योजनाअन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जोकोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नेछन्।

Esewa
Crest

शनिबार बाहेक हरेक दिन एक टीभीएस एनटर्क १२५ सीसीको भाग्यशाली विजेता बन्न सकिनेछ। शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी हुने ग्राहकको नाम आइतबार गरिने लक्की डमा सामेल गरिनेछ। योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिनेछ।

यो योजना असोज ५ गतेबाट सुरु कात्तिक ३ गतेसम्म कायम रहनेछ। यद्यपि ग्राहकले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछन्। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका इन्ट्रीलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ।

सामसङ नेपालको २५ टीभीएस एनटर्क १२५ सीसी जित्नका लागि सहभागी हुने प्रक्रिया

  • सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुहोस्।
  • नयाँ खरिद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्नुहोस।
  • SAMSUNG<space> नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुहोस्। उदाहरणको लागि SAMSUNG XXXXXXXXXXX
  • इन्ट्रीको पुष्टि तुरुन्तै पाउनुहोस् र परिणामको प्रतीक्षा गर्नुहोस्। विजयी सिरियल नम्बरहरुको घोषणा इमेज च्यानलमार्फत गरिने लाइभ लक्की ड्रमा गरिनेछ। जसको परिणाम भोलिपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।
यतिमात्र होइन ग्राहकका लागि अर्को एक आकर्षक अफर पनि रहेको छ। ग्राहकले चाहेको सामसङ स्मार्टफोन वा ट्याब्लेट सासमङको सुविधाजनक इन्स्टा फाइनान्स सुविधाअन्तर्गत मासिक किस्तामा ०% ब्याजदरका साथ किन्ने अवसर पनि छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS