IME Life New

सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले हस्ताक्षर गरेका छन् ।

 

Esewa
Crest

सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने सानिमा लाईफ इन्स्योरेन्सले जनाएको छ ।

सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा वीमा चेतना जगाई नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने आफ्नो योजना रहेको जनाएको छ ।

नेपालको प्रतिष्ठित बाणिज्य बैंकहरु मध्येको एक सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुद्वारा प्रबर्धित सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी ३ अर्व र जारी पूँजी रु २ अर्व रहेको छ । जारी पुजी मध्ये रु १ अर्व ४० करोड चुक्ता भै सकेको छ । कम्पनीले निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर विक्री गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS