IME Life New

सानिमा लाईफले ल्यायो ७० प्रतिशत बोनस ग्यारेण्टी सहितको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्सले पहिलो वर्ष पूरा गरेको अवसरमा ७० प्रतिशत बोनस ग्यारेन्टी सहित नयाँ योजना सार्वजनिक गरेका छ । सानिमा लाईफ इन्स्योरेन्को नयाँ बीमा योजना सानिमा जीवन श्री सञ्चालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाद्धारा सार्वजनिक गरिएको थियो ।


कम्पनीले १५ लाख रुपैयाँको न्युनतम बिमाङ्क योजनामा प्रतिहजार वार्षिक ७० रुपैयाँ बोनस दिने बताएको छ । १० देखि २५ वर्षको अवधिमा बिमा गर्दा सबैले प्रतिहजार वार्षिक ७० रुपैयाँ बोनस दिने जानकारी कम्पनीले दिएको छ । त्यसका लागि बिमाकर्ता १६ वर्षदेखि ७० वर्ष उमेर समूहको हुन पर्ने कम्पनीको बिमा पोलिसिमा उल्लेख छ ।
कम्पनीले सञ्चालनमा आएको पहिलो वार्षिकोत्सवमा अनलाईनको माध्यमबाट बिमा योजना खरिद गर्न सक्ने व्यवस्था समेत मिलाएको छ । जुन योजना खरिद गरेको केही घन्टाभित्र देखि नै लागू हुने बताएको छ । यस योजनाले जीवन बीमाको क्षेत्रमा ग्राहकहरुका लागि उत्कृष्ट आर्थिक तथा बचत योजना सावित हुने कम्पनीको विश्वास कम्पनीले लिएको छ ।

Esewa
Crest

एक वर्षको अवधिमा कम्पनीले कूल ७ हजार ३ सय ३२ बीमालेखबाट १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । देशभरमा यसको २५ शाखा कार्यालयहरु रहेको सानिमाले हालसम्म ८ ओटा बीमा योजनाहरु जारी गरेका छन् । कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब ४० करोड रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS