IME Life New

सानिमा लाइफ इन्स्योरेन्सले थप्यो ३ शाखा, मुलुकभरका मुख्य १७ सहरमा उपस्थिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले एकै दिन ३ ओटा नयाँ शाखाहरुको औपचारिक संचालन गरेको छ, कम्पनीले ४ नम्बर प्रदेशको राजधानी रुपन्देही जिल्ला स्थित बुटवल शाखा, बाँकेको नेपालगञ्ज र दाङ स्थित तुलसीपूर शाखाको विधिवत् उद्घाटन जेष्ठ २० गते आइतबार औपचारीक कार्यक्रमका बिच सम्पन्न गरेको गरेको छ । थपिएका ३ शाखा संगै कम्पनीका १७ शाखा संजाल पूगेको कम्पनीले जनाएको छ।

बीमा शिक्षा तथा सकारात्मक प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा वीमा चेतना जगाई नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तारलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

जारी पुंजी २ अर्ब तथा चुक्तापुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी तीन अर्ब रुपैयाँ रहेको छ । छिटै नै कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सर्वसाधारण सेयर जारी गरेर दुई अर्ब चुक्तापुँजी पुर्याउने योजना बनाएको छ ।

कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सानिमा लाइफ इन्स्योरेन्समा सानिमा बैङ्क तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको जिबन बीमा ब्यबसाय गर्ने कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS