IME Life New

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २० गते बिर्तामोड र इटहरी छेत्रको संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७/९८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरि सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तिनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो।

उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सिईओ निराजन कंडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा छेत्रिय प्रबन्धक जितेन्द्र छेत्री लगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो।

Esewa
Crest

कम्पनीका डेपुटी सिईओ निराजन कंडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण, भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए । साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम दिएका हुन् ।

अभिकर्ता पेशामा सफलता प्राप्त गर्नको लागि निरन्तर सिकाइ र सम्मानको आवश्यक पर्ने हुँदा कम्पनीले देशैभरी यस्तो खालको कार्यक्रमको आयोजना गरिरहेको छ भने उक्त कार्यक्रममा भाग लिएर अभिकर्ताले उच्च लाभ लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS