IME Life New

सानिमा रिलायन्स लाइफले गर्यो एक करोडको मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एक करोड पाँच लाख पचास हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

धनकुटा निवासी मृतक पूर्ण कुमार चौधरीको परिवारजनलाई इटहरीमा शनिबार आयोजित एक कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले चेक हस्तान्तरण गरेका हुन्। मृतक बीमितको हकवाला श्रीमति मिङ्ममा ल्हामु शेर्पा र छोरा आदित्य बिक्रम चौधरीको नाममा जारी गरिएको दाबी भुक्तानी रकमको चेक हस्तान्तरण गरिएको सानिमा रिलायन्स लाइफले जानकारी दिएको छ । इन्स्योरेन्सले दुबैजना हकवाला भएकाले दाबी रकमको पचास पचास प्रतिशतका दरले  वितरण गरेको हो।

Esewa
Crest

बीमित चौधरीको पिसाबमा संक्रमण देखा परेपछि उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गत वर्ष माघ १८ गते ३५ वर्षको अल्पायुमै निधन भएको जानकारी दिइएको थियो।

पत्रकारिता पेशामा रहेका पत्रकार चौधरी धनकुटाको भेडेटार रेडियो स्टेशनको स्टेशन म्यानेजर थिए। उनको श्रीमती, ११ वर्षिय एक छोरा र ४ वर्षिया एक छोरी छन् ।

चेक हस्तान्तरण कार्यक्रममा सानिमा रिलायन्स लाइफका मुख्य व्यापार अधिकृतद्वय गुण राज श्रेष्ठ र सूर्य प्रकाश गुप्ता, स्थानीय अभिकर्ता र कर्मचारीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS