IME Life New

सानिमा रिलायन्स लाइफको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसहित यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आउँदो चैत ८ गते साधारणसभा डाकेको हो। सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको नयाँबानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले सभामा पारित प्रस्ताव स्वीकृतिका पेस हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS