IME Life New

सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडीआरटी सीओटी र्र टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती रहेको थियो ।

२०२५को लागि कम्पनीबाट १ जना टीओटी, २ जना सीओटी अनि २४ जना एमडीआरटीको लागि योग्य भएका छन् । टीओटीको लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक टीओटी भइसकेकी छन् । साथै, रण बहादुर तामाङ पहिलो पटक टीओटीको लागि योग्य भएका छन् भने नारायण बहादुर गुरुङ दोस्रो पटक सीओटीको लागि योग्य भएका छन् ।

Esewa
Crest

विश्वभरिका अभिकर्ताहरु माझ एमडीआरटी निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रुपमा उपस्थिति रहने गर्दछ । सन् २०२५का लागि एमडीआरटीको लक्ष रु. ४६,९२,९००, सीओटीको लागि रु. १,४०,७८,७०० र टीओटीको लागि रु. २,८१,५७,४०० तोकिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि सहभागिता बढाउनको लागि कम्पनिबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताए । यसका साथै कम्पनिको व्यवसाय विस्तारमा अभिकर्ताहरु आधारशिला भएकाले कम्पनिमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुलाई पनि धन्यवाद प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS