IME Life New

सातै प्रदेशमा भौतिक संरचना विस्तार गर्दै रिलायबल लाइफ, शिलबन्दी बोलपत्र आव्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा जग्गा किन्ने भएको छ । कम्पनीले सो सम्बन्धी शिलबन्दी बोलपत्र आव्हान गरेको छ । कम्पनीले सातै प्रदेशका विभिन्न स्थानहरुमा कम्पनीको सर्तहरुको अधिन भित्र रही जग्गा वा सोमा बनेको भवन खरिद गर्नु पर्ने भएको हुनाले इच्छुकबाट सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिलबन्दी प्रस्ताव गर्न आब्हान गरेको हो ।

कम्पनीले काठमाडौं उपत्यका ज्ञानेश्वर, डिल्लीबजार, पुतलिसडक, नक्साल, बानेश्वर लगायत चक्रपथ भित्रका उपयुक्त व्यवसायिक स्थानमा न्यूनतम १२ आना वा ३८२ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।

Esewa
Crest

कोशी प्रदेशः विर्तामोड, इटहरी, बिराटनगरमा न्यूनतम १ कट्टा वा ३३८ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।

मधेश प्रदेश: लहान, जनकपुर, बर्दिबासमा न्यूनतम १ कठ्ठा वा ३३८ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।

चितवन जिल्ला न्यूनतम १ कट्टा वा ३३८ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।

लुम्बिनी प्रदेश बुटवल, भैरहवा, नेपालगञ्ज, दाङमा न्यूनतम १ कट्टा वा ३३८ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।

गण्डकी प्रदेश पोखरा, गैंडाकोटमा न्यूनतम १२ आना वा ३८२ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।

कर्णाली प्रदेशः विरेन्द्रनगर बजारमा न्यूनतम १ कट्टा वा ३३८ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।
सुदुरपश्चि प्रदेशः अत्तरीया, धनगढी, महेन्द्रनगरमा न्यूनतम १ कट्ठा वा ३३८ वर्ग मिटर जग्गा वा सोमा बनेको भवन समेत ।

शर्तहरू
१ बिक्री गरिने जग्गाको क्षेत्रफल माथि उल्लेख गरिए बमोजिम हुने र जग्गाको मोहोडा कम्तिमा ४० फिट सडक संग जोडिएको वा मुख्य बजार क्षेत्र भन्दा ५०० मि। भित्र तराइको हकमा कम्तिमा २० फिट फराकिलो तथा उपत्यकाको हकमा कम्तिमा १२ फिट फराकिलो बाटो भएको हुनुपर्ने छ ।

२ विक्री गरिने जग्गाको प्रति रोपनी र प्रति आना र प्रति कट्टा र धुर मुल्य स्पष्ट खुल्नेगरि अंक र अक्षरमा उल्लेख गर्नु पर्नेछ, सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लेखिएको मुल्यलाई मान्यता दिइनेछ ।

३प्रस्तावित जग्गाको ब्लु प्रिन्ट, ट्रेस नक्सा, फोटो सहीतको लोकेशन म्याप

४ प्रस्तावित जग्गाको प्रमाणित रुपमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, जग्गा धनीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, चालु आ।ब। को तिरो (मालपोत) तिरेको रसिदको प्रतिलिपी संलग्न हुनु पर्नेछ ।

५ संस्थागत जग्गाको हकमा जग्गा धनी दर्ता प्रमाण पत्रको प्रतिलिपी र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नु पर्ने छ ।

६प्रस्ताव पेश गर्दा खाममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि जग्गा बिक्री प्रस्ताव उल्लेख गरी शिलबन्दी बोलपत्र म्याद भित्र कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौं वा पोष्ट ब नं ६४३ मा पठाउनु पर्नेछ ।

3x23cc Land Purchase Notice 081-10-30

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS