IME Life New

साउन १० गतेसम्म विक्रीमा रहने रिलायबल नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा २१ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार साउन ६ गते साझ ५ः०३ बजेसम्म कम्पनीको आइपीओमा २१ हजार ५३८ जनाबाट ३९ करोड ९० लाख ७२ हजार १७० रुपैयाँ बराबरको १५ लाख ५२ हजार ५१० कित्ताका लागि आवेदन परेको हो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड बराबरको प्रति शेयर अंकित मूल्य एक सय दरमा प्रिमियम बापत १५७ रुपैयाँ थप गरी प्रति कित्ता २५७ रुपैयाँमा आइपीओ निष्काशन गरेको हो ।

Esewa
Crest

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन गगरेको हो। पहिलो चरणमा १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

त्यस्तै, कम्पनीका अनुसार ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले कम्पनीका कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ९६ लाख कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्कासन गरिने छ । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS