IME Life New

सांग्रिला डेभलपमेन्टले केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने भएको छ । बैंकले
उक्त सौचालय सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णय गर्दै महानगरसँग सम्झौता गरेको हो ।

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरेको हो ।

Esewa
Crest

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृतअपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुर निधि न्यौपानेले हस्ताक्षर गरेका हुन् । यस डेभलपमेन्ट बैंक र महानगरपालिका बिच भएको सम्झौता अनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडांै महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय विहान ९.३० वजे देखि ५ वजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS