IME Life New

सर्वोच्चको आदेश पछि गभर्नर अधिकारी फर्किए नियमित काममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित कामकाजमा फर्किएका छन् । अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिएपछि आज पदबहाली गर्दै गभर्नर अधिकारीले अदालतबाट नियामक निकायको स्वायत्तता जोगाएको बताए ।

न्यायाधीश हरिप्रसाद फ्युलालको एकल इजलासले सरकारले गरेको निलम्बन कानून अनुसार नभएको भन्दै गभर्नर अधिकारीलाई काममा फर्कने दिने फैसला सुनाएको थियो । पदबहालीको क्रममा अधिकारीले सरकारको आक्रमण म माथि नभई स्वायत्त संस्थामाथि भएको भन्दै आफु अदालत गएको जिकिर गरेका छन् ।

Esewa
Crest

सरकारले आफुलाई हटाएर सर्वोच्चले रोके पनि आफुले व्यवसायिक रुपमा दिने सुझावमा बायस नभई दिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार भएको हुँदा राष्ट्र बैंकले व्यवसायिक रुपमै सुझाव दिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS