IME Life New

सबैले जीवन र भौतिक सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्नेः उपप्रमुख चौधरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १५ गते मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले घटना कतिवेला हुन्छ थाहा नहुने भएकाले सबैले जीवन तथा घर लगायत सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती दिएकी थिइन् । कार्यक्रममा सहभागीहरुले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि बीमा कम्पनीहरु गाउँमा आउनुपर्ने, विनाझन्झट दाबी भुक्तानी पाउनुपर्ने, बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु गाउँ गाउँमा आयोजना गर्नुपर्ने, कम्पनीका शाखा कार्यालयबाट नै बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेका थिए । कार्यक्रममा खडक नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, कृषक, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिव ७५ जनाको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS