IME Life New

सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी नेशनल लाइफले मनायो ३८ औं बार्षिकोत्सव 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गर्दै यस शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग सहित त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा  कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको बताए ।
उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शारीरिक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिण्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए ।
बुढानिलकण्ठ स्थित होटल लेमन ट्रि मा मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको बार्षिकोत्सव समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS