IME Life New

सन नेपाल लाइफ हेटौंडा शाखाद्वारा मार्केटिङ म्यानेजरलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौडा शाखामा कार्यरत मार्केटिङ म्यानेजरहरुलाई बिशेष सम्मान गरेको छ । बीमा बिज्ञ कवि फुयाल , प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष आतित्थमा हेटौंडा शाखा प्रबन्धक पवन थापा मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न तह प्राप्त गर्ने अभिकर्ताहरु सम्मानित भएका थिए ।

उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई फूलमालासहित सम्मान गरिएको थियो भने बीमा विज्ञ कवि फुँयालले बीमितको हितलाई प्रथमिकता दिँदै धैर्यशील भएर निरन्तर लागिरहे अभिकर्ता पेसाबाट सफलता प्राप्त गर्न सकिने बताए । फुँयालले अभिकर्ताको भुमिका डिजिटलाइजेसनको महत्वको विषयमा प्रकाश पारेका थिए ।

Esewa
Crest

प्रमुख बजार अधिकृत गणेश चौलागाईँ ले सन नेपालले ल्याएको नयाँ योजना आपतमा राहत जनताको दैनिक जनजीवनमा अति आवश्यक भएकोले यस बारेमा जनतालाई सचेत गराउन आग्रह गरे ।

पत्कालीन अवस्थामा उपचारको लागि यो योजनाले एक लाख रुपैयाँसम्म बीमितलाई उपचार खर्च उपलब्ध गराउने भएकाले यो योजना लोकप्रिय बन्दै गएको चौलागाईँले बताए ।

गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले अभिकर्ताहरुलाई वीमासम्बन्धी जानकारी गराउँदै सुरक्षाको प्रत्याभूति गराउने पेसामा लाग्नुभएकोमा गौरवान्वित भई व्याबसायिक जीवनलाई अगाडि बढाउन समेत आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष शाखा प्रबन्धक पवन थापा मगरले हेटौंडा शाखालाई प्रदेश स्तरीय कार्यालय बनाउनका लागि आफ्नो समूहले निरन्तर कार्य गर्दै आएको र सबैको सहयोगबाट नै व्यावसायिक जीवन र कम्पनीलाई अघि बढाउनलाई सहयोग मिल्ने बताए । साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिए ।

उक्त कार्यक्रम हेटौंडा स्थित एभोकाडो एण्ड अर्किड रिसोर्टमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ६५ जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो भने उत्कृष्ट ब्यवसाय गर्ने २० जना भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS