IME Life New

सन नेपाल लाइफद्वारा घातक रोग वापतको दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको दावी भुक्तानी दिएको छ । पूर्वखोला गा.पा. ०१, सिलुवा पाल्पा निवासी क्षेम बहादुर चिदीले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । निजलाई वैदेशिक रोजगारीकै क्रममा ब्रेन ट्युमर देखिएपछि नेपाल आएर उपचार गराएको र सोको दावी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी भुक्तानी वापत रु ५ लाख निजको श्रीमती बोम कुमारी चिदीलाई हस्तान्तरण गरेको हो ।

निजले अहिले उपचार गराउँदा निकै ठूलो आर्थिक अभाव खेप्नु परेका बेला सन नेपाल लाइफले दिएको घातक रोग वापतको रु ५ लाख रकमले उपचारमा केही सहज हुने कुरा बीमितको श्रीमतीले बताइन् ।

Esewa
Crest

सन नेपाल लाइफका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताए ।

उक्त बीमा गर्दा विभिन्न ७ प्रकारका सुविधाहरु पाइने हुँदा आकस्मिक रुपमा हुने विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा पाइने हुनाले बीमा अत्यन्तै जरुरी रहेको उनले बताए । कलष्टर हेड क्षेत्रीले भने, “वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गत १० लाख बरावरको बीमा सुरक्षा, १० लाख बरावरको स्थायी अशक्तता सुविधा, ५ लाखको घातक रोगहरुमा उपचार, २ लाख बीमितको आयको नोक्सानी वापतको खर्च, १ लाखको किरिया तथा अन्य खर्च, १ लाख शव परिवहन खर्च तथा १ लाख सम्मको औषधोपचार खर्च पाइने हुनाले आफूले पाउने सुविधाहरुको विषयमा राम्रोसँग जानकारी लिई घटना घटेको खण्डमा सन नेपाल लाइफको जुनसुकै कार्यालयमा गई दावी प्रक्रिया शुरु गर्न सकिन्छ ।”

“विदेशी भूमिमा स्वदेशी सुरक्षाको प्रतिबद्धता ।” भन्ने नारा सहित सन नेपाल लाइफ इन्स्योरेन्सले श्रम गर्नको लागि विदेशमा जाने नागरिकहरुलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा मार्फत सुरक्षित गराउँदै आएको कम्पनीका वैकल्पिक विक्री विभागका प्रमुख कमल सापकोटाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS