IME Life New

सन नेपाल लाइफको प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सदुरपश्चिम प्रदेशका करिव १५० जना मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

Esewa
Crest

सिइओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको,ग्राहकको माग र जनचाहानालाई सम्वोधन गर्न आपतमा राहात दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आवद्ध सम्पूर्ण अभिकर्ताहरुलाई दृढ विश्वासका साथ थप शसक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधै एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाएका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रुपमा मेहनत गर्दा यहि पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए ।

चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्रिकलाको विषयमा उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाइफले ल्याएको विभिन्न विजनेस क्लवहरुको विषयमा जानकारी दिँदै कसरी ती क्लवहरुमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिदैँ यस प्रदेशबाट शुक्र क्लवमा पर्न सफल मार्केटिङ्ग म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिए ।

अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ्ग म्यानेजर म्यानेजर स्वस्ती प्रधानले सन नेपाल लाइफको दुरदर्शी सोँच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताए । उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ्ग म्यानेजरहरुलाई गरेको सम्मानले थप उर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए ।

कैलालीको ग्रीन गोदावरी रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, बीमा बिज्ञ कबि फुयाल, चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाई, सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रमुख, कर्मचारी लगाएत १५० भन्दा बढी मार्केटिङ्ग म्यानेजरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS