IME Life New

सन नेपाल लाइफको देशैभरिका कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्पोरेट कार्यालयलगायत देशैभरिका कार्यालयमा ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

सम्पत्ति शुद्धीकरण निवारण दिवसका अवसरमा ‘वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कम्पनीले सम्पत्ति शुद्धीकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे जानकारी गराएको थियो। कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालको प्रस्तुतीकरण थियो भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यसको महत्व, आवश्यकता र न्यूनीकरणबारे जानकारी गराएका थिए।

Esewa
Crest

कार्यक्रमको पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापनसहितका कर्मचारीको सहभागिता थियो। दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS