IME Life New

सन नेपाल लाइफको करिब २३%ले बढ्यो व्यापार, नाफा रु. १६.६१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

३ अर्ब ९६ करोड शेयर पुँजी भएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ०.४९ प्रतिशतले वृद्धि भएको हो।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १७ करोड २१ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ६९ करोड ३२ लाख रुपैयाँ रहेको छ। त्यस्तै आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ९.८५ प्रतिशतले वृद्धि भएर ८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.९८ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले पुनर्बीमामार्फत १२ करोड ९४ लाख रुपैयाँ खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३२ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो।

कम्पनीले यस अवधिमा १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २१.२५ प्रतिशतले वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ३ लाख रुपैयाँ खर्चिएको थियो।

यस अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १६.७८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३.८२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS