IME Life New

सन नेपाल लाइफको आइपीओ भोलि बाँडफाँड हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ भोलि साउन २२ गते सोमबार बिहान १० बजे बाँडफाँड हुने भएको छ । कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी भोलि बाँडफाँडको तयारी गरेको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा आइपीओ निष्काशन गरेको थियो ।उक्त शेयर सोमबार बाँडफाँड गर्ने तयारी गरेको हो ।

Esewa
Crest

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आइपीओ २८ हजार ७४१ जनाले आवेदक ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ताका लागि आवेदन दिएका थिए । यो कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपीओको १.८९ गुणा बढी हो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोला प्रथाबाट शेयर वितरण हुनेछ ।

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । बाँकी रहेको ८६ लाख ४० लाख कित्ता शेयर म्युचुअल फण्ड, कर्मचारी र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS