IME Life New

सनराइज बैंक नारायणगढ शाखाले नारायणगढमा गर्यो ‘सनराइज बैंक मासमेला’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/भरतपूर: सनराइज बैंक नारायणगढ शाखाले गत शूक्रवार आफ्नो कार्यालय भवन अगाडी शूक्रवार ‘सनराइज बैंक मासमेला’ गरेको छ, उक्त मेलामा बचतकर्तालाई लक्षित गरी बैंकले ल्याएको दुर्घटना तथा स्वास्थ्य बीमा बारे विस्तृत जानकारी दिइएको थियो।

ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था रहेको बताइएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले असक्त भएमा पाँच लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सकिने व्यवस्था गरेको छ।

भरतपूरका सात वटा अस्पतालहरुमा उपचार गराऊदा निक्षेपकर्ताले ५ देखि २० प्रतिशत सम्म विशेष छुट पाइने तथा सिनेमा हलमा दुई ओटा टिकेट किन्दा एउटा सित्तैमा पाइने कूराको समेत विशेष चर्चा भयो। युवा वर्गको लागि सिनेमा हलमा दुई ओटा टिकेट सित्तैमा तथा बृद्धहरुको लागि स्वास्थ्य बीमा एकदमै प्रभाकारी रहेको जानकारी सनराइज बैंक नारायणगढ शाखा प्रमुख-प्रकाश कस्तीले दिनु भयो।

Esewa
Crest

सो कार्यक्रम बैंकले प्रधान गर्ने विभिन्न किसिमका ऋण सुबिधा, बचत खातामा पाइने सुबिधा, विभिन्न किसिमका विद्युतीय बैंकिंग कारोबार सुबिधाकोबारे जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS