IME Life New

सत प्रतिशत पुनर्बीमा नेपालमै गर्ने पहिलो जिबन बीमा कम्पनी: ‘आइएमई लाइफ इन्स्योरेन्स’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: अर्थ मन्त्रालयले बीमा समितिलार्इ नेपाल पूनर्बीमा कम्पनीमा ३० प्रतिशत पूनर्बीमा गर्न भन्दै निर्देशन सहितको पत्र काटेको छ। अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा उल्लेख गरिएको व्यवस्थालार्इ कार्यान्वयन गर्न भन्दै बीमा समिति लार्इ पत्र काटेको छ।

हालको व्यवस्था अनुसार नेपाली बीमा कम्पनीले गर्ने पुनर्बीमा २० प्रतिशत अंश नेपालमै गर्नुपर्ने व्यवस्था थियो। पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली बीमा कम्पनीले कुल पुनर्बीमाको २० प्रतिशत नेपालमै गर्नुपर्ने ब्यवस्था गरेका थिए ।

Esewa
Crest

अन्तरराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने कुनै पनि मुलुकमा नयाँ पुनर्बिमा कम्पनी स्थापना हुँदा त्यो कम्पनीलाई प्रोत्साहन गर्न सरकारले निश्चित रकम अनिवार्य रूपमा बिमा गर्नुपर्ने भनेर तोकिदिएको हुन्छ ।

४-५ वर्ष अगाडीको अवस्था हेर्नेहो भने नेपालमा पुनर्बीमा कम्पनी नहुदा नेपाली बीमा कम्पनीले विदेशी कम्पनीसँग पुनर्बीमा गराउनु पर्ने वाध्यकारी अवस्था थियो, तर अहिले नेपालमै पूनर्बीमा गर्दा केहि मात्रामा भएपनि पुँजी विदेशिनवाट जोगिने भएको छ।

बीमा क्षेत्रमा सरोकार राख्नेहरुले खुला अर्थ व्यवस्थामा नेपाल सरकारको स्वामित्व भएको पूनर्बीमा कम्पनीमा बाध्यात्मक रुपमा तोकेर ३० प्रतिशत पूनर्बीमा गर्नुपर्ने ब्यबस्था ठिक नभएको कम्पनीले बताउदै गर्दा चालु आर्थिक वर्ष संचालनमा आएको ‘आइएमई लाइफ इन्स्योरेन्स’ले भने आफ्नो सत प्रतिशत पुनर्बिमा नेपाल पूनर्बीमा कम्पनीमा गरेको छ।

सरकारले कम्तिमा आफ्नो बीमा ब्यबसायमध्ये ३० प्रतिशत पुनर्बीमा नेपाल रि-इन्स्योरेन्स कम्पनीमा गर्नु पर्ने व्यवस्था आगामी आर्थिक वर्षको लागि गर्न लागेको अवस्थामा आइएमई लाइफ इन्स्योरेन्स’ले भने आफ्नो सत प्रतिशत पुनर्बिमा नेपाल पूनर्बीमा कम्पनीमा गरेको छ।आइएमई लाइफ इन्स्योरेन्सले स्वत:स्फुर्त रुपमानै आफ्नो सम्पूर्ण पुनर्बीमा नेपाल रि-इन्स्योरेन्स कम्पनीमा गरेको जनाएको छ।

नेपालका विभिन्न बीमा कम्पनीले गत आर्थिक वर्षमा मात्र दुर्इ अर्ब ८५ करोड रुपैयाँ पूनर्बीमा कम्पनीमा प्रिमियम बिदेशी पुनर्बीमा बापत बुझाएका थिए। बीमा कम्पनीले एक पछि अर्को बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्दै जाने श्रृङखला चलेको हुन्छ। बीमा कम्पनी आफैले सबै जोखिम बहन गर्न सक्दैनन् त्यसैले पूनर्बीमा कम्पनीसँग पूनर्बीमा गर्ने गरेका छन्।

नेपालको पूनर्बीमा कम्पनीमा पूनर्बीमा गर्दा पूनर्बीमाको क्रममा विदेशिने रकम केही भए पनि रोकिन्छ, तर नेपाल पुनर्बीमा कम्पनीले पनि समय अनुकुल आफुलाई विश्वबजारमा प्रतिस्पर्धी तथा बलियो बनाउँदै लैजानु पर्ने देखिन्छ । नेपालमा हाल पुनर्बीमा ब्यबसाय गर्ने एउटा मात्र कम्पनी रहेको छ ‘नेपाल रि-इन्स्योरेन्स कम्पनी, जुन कम्पनीमा आइएमई समूहको समेत स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS