IME Life New

संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न सिटिजन लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले  शुक्रवार एक सूचना प्रकाशित गर्दै शेयर अभौतिकीकरण गर्न संस्थापक शेयरधनीहरुलाई आग्रह गरेको हो ।

शेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । त्यसका लागि संस्थापक शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

भौतिक रुपमा जारी गरेको संस्थापक शेयर तथा सोको हकप्रद शेयर प्रमाणपत्रहरुका साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपि सहितको कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी शेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाउन कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS